नियम ३२
पदयात्रा अनुमतिपत्रको लागि दरखास्त दिनु पर्ने
अनुमति लिई पदयात्रा गर्नुपर्ने पदयात्रा क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले पदयात्रा अनुमतिपत्रको लागि अनुसूची–१० बमोजिमको ढाँचामा र समूहगत रूपमा भए पदयात्रा गराउने एजेन्सीले अनुसूची–१०क बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।